Showing posts with label litrature. Show all posts
Showing posts with label litrature. Show all posts

Thursday, May 7, 2015

कारुणिक फिल्मकथाजस्तो महाभुकँम्प २०७२

लेखक: मिलन लोहनी
हेर्दै गरेको टेलिभिजन अफ भयो, थर्कयमान जमिनको हलचलले खादैगरेको खाना छोडि बाहिर हिड्न विवश बनायो, चारैतिरबाट फैलिराखेको कोलाहल र चिच्चाहट को आर्तनाध ध्वनि कानसम्म ठोक्किरहेको थियो , बाहिरतिर भाग्दै गर्दा खुट्टाहरुले आप्नो कार्य राम्रोसँग गर्न नपाइरहेको त्यो अबस्थामा मलाइ भुकम्प गएको बुझन कुनै ग्राहो भएन्  । 

हामि रुम मा भएका साथिहरु मध्यपान गरि धङँधङगाउदै हिडेको मान्छे सरि धङँधङगाउदै बाहिरतिर भाग्यौ, हामिलेत मध्यपान गरेका थिएनौ सायद यो चलायमान धर्ति ले गरेको थियो क्यारे त्यसैले त उ हल्लिराखेको थियो जड्याहा मान्छे जसरि नै । उसको पियाई सामान्य छदैथिएन, उ उचालिन्थ्यो पछारिन्थ्यो अनि हामिलाइ पनि पछारथ्यो, छोराछोरिको काणुरिक पुकार उसले सुनेन, बाबा यस्तो नर्गनुस न, उसले टेर्दै टेरेन् आप्ना सन्तान प्रति उसलाइ माया जागेन किन जाग्थ्यो रक्सिले उ टन्न मातेको थियो । उसले बाकि राखेन आफु वरपरका घर, भवन, रुख अनि सडकहरु पनि । उसले यसरि नपिएको धेरै भएको थियो, करिब ८२ बर्ष भएको थियो उसले यसरि नपिएको,  बिचबिचमा थोरै पिएर आएपनि त्यतिसाहै्र गर्नेथिएन , साँच्चै उसलाइ अहिले ठुलैपिर परेको छ क्यारे त्यसैले त उ यति धेरै पिएर आएको छ ।

धङँधङगाउदै चउरमा पुग्दै गर्दा फिल्मको  पर्दामा जस्तै गरि एकाएक झयालहरु ढ¥याङढुरुङ गर्दै एताउता हल्लिन थाले, धुवाँ र धुलो उड्न थाल्यो, च्याँ, च्याँ र चु, चु गर्दै चराहरु पनि आकाशमा उड्न थाले, जमिन झन बेजोडले काँप्न थाल्यो । मानिस को कोलाहल र जमिन थर्किदा निस्केका ति मार्मिक आवाजहरु ग्ुाञ्जायमान हुन थाले ।
हामि बस्ने घरअगाडि सानो मकैबारि थियो कोहि त्यहि मकैबारिको बिचमा चिल्लाउदै थिए ,त कोहि अझै बाहिर सडकतिर दर्गुदै थिए, म भने घरभत्किहाले पनि त्यहासम्मँ आइनपुग्ने र कतैबाट केहि खस्नेजस्तो पनि नभएको तर सम्मुखमा एउटा रुख थियो जसलाइ हेर्दै नढ्ल्ने आशामा घरको दक्षिणतर्फ भएको सानो खालि जग्गाँमा बसिरहे । गुञ्जायमान र डरयुत्त युत उत्त परिबेसमा डरमिश्रित एउटा पाको स्वर गुन्जियो “लौ अब पृथ्बि धवस्त हुने भयो,,, शास्त्रमा लेखेको कुरो कहिल्यै झुटो हुदैन्  राम राम ,  हामिलाइ बचाऊँ भगवान ।” त्यस स्वरले पनि डराएका मनहरुलाइ अझ बढि डरपैदा गर्दियो तर मैले भने भनिरहे नआत्तिनुहोस यो भुक्मप हो अब गइहाल्छ । एकैछिन्मा सबै ठिक हुन्छ । उता मेरो सान्तवनाको त्यो मसिनो स्वर लाइ चुनौति दिँदै मेरो आवाज सँगसगँै पृथ्बि ले झन् जोडसँग आवाज निकाल्दै चलाएमान भइराखेको थियो र नजिकैका घर, पोल, रुख र जमिन पनि ।

कसो कसो आँखालाइ छेउकै सानो तर सुरिलो रुखमा पु¥याए, जमिनसँग ९० डिग्रिको कोण बनाइ उभिएको उत्त रुखपनि दिशापरिर्बतन गरि गरि ८५, ८०, ७५ हुदै ६० डिग्रिको कोण सम्ममा झुकेको मैले अनुमान गरे जसले काँपिरहेको मेरो मुटुलाइ अझै कँपाइदियो, जतिबेलासम्म करिब २५ सेकेन्ड बितिसकेको थियो होला , हुनत मलाइ भुकम्पको यो पहिलो अनुभब होइन् अगाडि पनि ४-५ रेक्टर स्केलका भुक्मपहरु मैले महशुस गरिसकेको थिय , तर ति भुकम्पका अगाडि अहिले कँम्पित धर्तिको चलाएमान अतुलनिय थियो ।  म पहिला त ढुक्कनै थिए कि यो भुकम्प नै हो र केहि छिनमै यो कँम्पित धर्तिले आराम गर्ने छ र सबै सामान्य हुनेछ । तर धर्तिको चलायमान को गति झन झन बढ्दै गयो र घर, रुख, जमिन सँगसँगै प्रत्यकको मुटु पनि हल्लायो तब मलाइ लाग्न थाल्यो यो भुकम्प पनि होइन कि ? किनकी यति ठुलो भुकम्प मैले कहिल्यै भोगेको थिएन अझ भन्नु पर्दा हाम्रो अहिलेको पुस्ताको कुनै पनि मानिसले भोगेको थिएन् ।

उता सानो बच्चालाइ समाएर डराउदै उभिराख्नुभयको एक आन्टि चलायमान धर्तिको कारणले उत्पादित इर्नसिया लाइ थेग्न नसक्दा उहाँ त्यहि बच्चासँग नै जमिनमा पल्टिनुभो, क्यानभासमा रुख उस्तै हल्लिएकै थियो, घरका झयाल र ढोकाहरु आफै लाग्दै उगारिदै गर्दै थिए, पश्चिमको आकाशभरि धुलोले कब्जा जमाइसकेको थियो । पृष्ठभुमिमा कारुणिक आवाजहरु गुञ्जायमान नै थिय,, साच्चै यो कुनै घटित घटना नभएर कुनै कारुणिक फिल्मकथाको दृश्यहरु पर्दामा मात्रै घटित छन् जस्तो आफैलाइ लाग्न थालिसकेको थियो,,, त्यसपछि त मुटु सँगै शरिरै काप्न थालिसकेको थियो, त्यसबेलासम्म त आफैलाइ घुमाउन पनि लागिसकेको थियो,,घुम्दै गरेको यो धर्तिमा घुम्दै र हल्लदै साथिलाइ हेरे उनको पनि मुख रातो भैसकेको थियो, उनि पनि यस फिल्मका कायर पात्र नै थीए , उनि माञ होइन फिल्मका सबै पाञ कायर नै थियौ । 

जब यि सब घटना घटित हुन सुरु भएको ४० सेकेन्ड भन्दा बढि भयो र मलाइ लाग्यो आज नै अन्तिम दिन रहेछ क्यारे । खै कुन शत्ति लिएर मैले माथितिर मुन्टोलाइ फर्काए शुर्य आधा ढाकिएको थियो, आधामाञ प्रकाश धर्ति सम्म आइपुगेको थियो , चराहरु रुखको माथि माथि कराउदै उड्दै थिए ,, सायद तिनिहरु पनि रुदै थिए होलान् यो काल्पनिक फिल्म कथा जस्तो कारुणिक घटनाको पाञहरु तिनि पनि थिय , तिनिहरु पनि च्याँ, च्ँया र चु चु गरिराखेका थिए सायद उड्न सक्ने उडेका होलान नसक्नेहरु कति बचरा त त्यहिबाट खसेर पनि मरेहोलनान । उसो त अझैपनि पृथ्बिको चलाएमान स्थिर हुने स्थिति थिएन्, मानिसको रुवाइ र कोलाहल उस्तै थियो ,, त्यतिकैमा हामि सम्मुख भएको ठुलो घरबाट केहि खस्यो र सानो घरको छानोमा बजारियो ,, जहाबाट बन्दुक पढ्केको जस्तो आवाज निस्कियो । तासका पत्तिसरि रुखका पातहरु भुइतिर खसिरहेका थिए भने चराचुरिङगिहरु आकाश तर्फ उडिराखेका थिए त्यसैबखत यसो पछाडि फर्केर हेर्छु त घर साइडको त्यो पिङ मानिस बसेबिनानै आफैहल्लिराखेको थियो ।

क्यानभासमा रुवाइ र चिच्चावट उस्तै थियो, त्यतिबेलासम्म त मलाइ पनि घुमाइरहेको थियो, त्यसै समयमा चलायमान अलि कम भएजस्तो लाग्यो ,, र  अन्त्यमा १ मिनेटको कारुणिक कथाको अन्त्य भएजस्तै पृथ्बिको हलचल पनि रोकियो । ,, भगवान बाचियो नि धन्नै भन्ने आवाज सँगैका लामा सुस्केराहरु पृष्ठभुमिमा गुन्जिन थाले ।  एक लामो श्वाँश फेर्दै म थ्याँच्च बसे र माथि हेरे, शुर्यलाइ पनि यो कारुणिकता हेर्न मन लागेनछ क्यार उ पनि कालो बादलको घुम्टो ओड्यो । तर मलाइ भने यो भान भयो कि “यो बास्तबिक घटना नभइ पर्दामा हेरिदै गरेको कारुणिक फिल्म थियो ।”

“उल्लेखित लेख महाभुकम्प २०७२ को पोखरा अनुभबलाइ केन्दबिन्दु बनाएर लेखिएको हो, गोरखाको लारपाक र बारपाक गाँउलाइ केन्दबिन्दु बनाएर बैशाख १२ गतेको मध्यान्नतिर आएको बिनाशकारि भुकम्प ले ८,००० बढिको ज्यान लिइसकेको छ भने लाखौको सँख्यामा मानिसहरु घाइते भएका छन् ।” 

लेखक गलकोट, बागलुङ स्थाई घर भई हाल पोखरा इन्जिनियरिङ कलेज पोखराका इन्जिनिएरिङका बिधार्थि हुन् ।

सामाजिक सँँञ्जालमा लेखक फेसबुक, ट्विटर

Friday, May 1, 2015

राहात समाग्रि लिएर धार्दिङ पुग्दा


मिलन लोहनी
ग्वाँरर.... ग्वाँरर.....  कतै केहि खसेजस्तो भान भो जमिन काँप्न थाल्यो, घरका सामानहरु अग्लो ठाँउबाट खस्न थाले, मानिसको कोलाहल गुन्जिन थाल्यो, आकाशमा चराहरु च्याँ च्याँ र चु, चु गर्दै उड्न थाले मानिसहरुको भागाभाग हुन थाल्यो, प्राय मान्छेहरु घरबाट बाहिर सम्म ठाँउतिर जान खोजे कति सम्म ठाँउमा  पुगे तर कतिलाई त्यस ठाँउमा पनि पुग्न दिएन कति भाग्दा भाग्दै पर्खाल भत्किएर च्यापदियो, कति लाई रुख सँगै बिजुलिका पोलहरुले कहिल्यै उठ्न नसक्ने गरि जमिनमा सुताइदिए, साँच्चै काल्पनिक र दर्दानक कुनै फिल्मिको दृश्य जस्तै यी घटनाहरु घटित भईराखे कोही बाबा भन्दै थिए कोही आमा भन्दै थिए, कोही भाग्दाभाग्दै ढले कोही बस्दाबस्दै त कोहि उठ्दा उठ्दै ढले सधैभरि रक्षागरि राखेको आप्नै घरले ढलायो कतिलाइ   , कतै सधैभरि पुजागरि राख्ने त्यो भगवानको घर मन्दिरले ढलायो त कतै सधै मनोरम दृश्यहरु प्रदान गर्ने त्यो टावरले ढलायो (dharahara) कोही रुदारुदै धले कोहि आमा. बाबा भन्दा भन्दा धले त कोही भगवान बचाँउ भन्दा भन्दा त्यहि भगवानको घरले ढलायो । आखिर उसको अगाडि कसैको केहि चलेन र अन्त्यमा सबैलाइ भुईमा अस्तबस्त बनाइ छोडिदियो ।

कारुणिक र दर्दनाक कथा जस्तो लाग्ने उत्त घटना मिति २०७२ साल वैशाख १२ गतेको हो । उत्त दिन मध्यान्न तिर आएको बिनाशकारि भुक्म्पँले धेरैलाइ घरबारबिहीन बनाइदियो, कतिको आमाबाबुबाट छोराछोरि लाइ अलग बनाइदियो , कतिको सिन्दुर पुछिदियो, कतिको प्रेमिलाइ सधाको लागि टाढा बनाइदियो  । घटनापछि सबैको होसबास उड्यो बाच्नेहरु चाँहि नया जिबन पाइयो भन्दै लामो शास फेर्न थाले ,.. तर त्यतिमै छोडेन उसले त्यसपछि नि बारम्बार हल्लाइ रह्यो जमिन र हल्लाइरह्यो सबैको मुटुपनि , र त बाँचेका र घर जस्ताको तस्तै भएका पनि बाध्य भए खुल्ला आकाशमुनिको चउरमा बस्न, पानिपरेको बेला पनि ।

 गोरखाको बारपाक र लारपाक लाइ केन्द्बिन्दु बनाइ गएको ७.९ रेक्टरको उत्त भुकम्प बिनाशकारि साबित भयो । हजारौ मान्छेको ज्यान लियो, ऐतिहासिक र साँस्कृतिक धरोहरुलाइ पनि क्षणभरमै भग्नाअबशेष मा परिबर्तन गर्दियो । घटनापछि मिडियामा आयका तथ्यहरुले झन कहालिलाग्दो अबस्थामा पु¥याइदियो मिडियाबाट प्रसारण हुने भिडियो मिश्रित समाचार हरु साच्चै नै मानबिय सँबेदनालाई छुने खालका थिए। सँपुर्ण घरहरु भत्कीयका थिए । मान्छेहरु पानि परिराखेको बेलामा पनि कुकरुक्क परि बसिराखेका थिय खुल्ला चउरमै, उद्धार टोलि ले उद्धारको काम लाइ अगाडि बढाइराखेको थियो, उद्धार टोलिले एक बच्चालाई जमिनमुनिबाट निकाल्दै गर्दा आफुलाई रोक्न सकिन टेलिभिजन हेर्दै गर्दा मेरो आखाबाट आँसु झरिरहेको थियो । मर्नेहरु मरिहाले तर बाचेकाहरुको स्थिति दर्दानक देखेर कसको मन भावुक हुदैन र म आप्नो मनलाइ पनि समहाल्न सकिराखेको थिएन् काठमाणडौ जस्तो   केन्दिय ठाँउमा त त्यस्तो अबस्था थियो भने अझ भुकम्प प्रभाबित विकट क्षेत्रको अबस्था के होला कल्पना सम्म पनि कहालिलाग्दो भो, के गर्ने र कसो गर्ने भो, सामाजिक सँञ्जालहरुमा बिदेश भएका साथिहरु स्टाटस मा लेखिराख्नुभयको थियो “देश रोहिरहेछ , म के नै गर्न सक्छु र यो बिदेशि भुमिबाट” म स्वदेशमै भएरै पनि केहि गर्न सकिरहेको थिइन् । र एक्लै केहि गर्न सक्ने स्थिति पनि थीइन् । त्यसपछि साथिहरु सँग मिलेर राहात सँङकलन गरि भुक्मप प्रभाबित क्षेत्र सम्म पुगेर सहयोग गर्ने साँेच आइरहेको थियो र साथिहरुले पनि त्यस्तै सोच बनाउनु भएको रहेछ त्यसैअनुरुप हामि अगाडि बढ्ने सल्लाह ग¥यौ ।

पोखरा इन्जिनिएरिङ कलेजको नेतृत्वमा पोखराका सँपुर्ण कलेज र बिभिन्न सँङघ सँस्थाका  बिधार्थिहरु र युवाहरु एकजुट भयौ र २५ जनाको समुह बनायौ । र भुकम्प प्रभाबित जिल्ला मध्यको जिल्ला धार्दिङ जाने निर्णय ग¥यौ,  त्यसपछि राहत सँङकलन को काममा लाग्यौ सँङकलनमा लाग्दै गर्दा धेरै समस्याहरु पनि आए तर बिभिन्न समस्याका बाबजुत हामि धेरै राहात सँङकलन गर्न सफल भयौ । राहात सँङकलनकै क्रम्रमा यो पनि लाग्यो कि हामि नेपालिहरु कति उदार छौ एकलाइ पर्दा अर्कोले यसरि सहयोग गर्छौ , एकैदिनमा हामि धैरै खाधन्न, त्रिपाल तथा पा्रथमिक उपचारका धेरै राहात सामा्रगि जम्मा ग¥यौ । राहात सँङकलन गर्दै गर्दा हामिले रु २ देखि १५ - २० हजार सम्म सहयोग पनि पायौ र बाटोमा हिड्दै गरेका यात्रिहरुबाट पनि अनेपेक्षित सहयोग पाँउदा हामिमा निकै उत्साह बढेको थियो ।



बिभिन्न सरसल्लाह र तयारि पछि बैशाख १५ गते बिहानैबाट राहत सँङकलन को काम गरि राहत जम्मा गरेपछि आबश्यक कानुनि प्रक्रिया मिलाइ हामि पोखरा रेडक्रस मार्फत १६ गते बिहानै  राहात स्रामागि सहित धार्दिङको यात्रा तय ग¥यौ । करिब ६ घन्टाको यात्रा पछि हामि दिउसो १ बजेतिर  धार्दिङको सदरमुकाम धार्दिङबेशि पुग्यौ , धार्दिङ छिरेपछि यात्रामा हुदैगर्दा पनि भत्किएका घरहरु, ढलेका रुखहरु, अनि चर्किएका सडकहरुले  हामिलाइ धार्दिङमा भुकम्प ले निम्त्याएको भयाबह स्थिति को अनुमान गर्न कुनै गाहा्रे भयन । धार्दिङबेशिमै पनि धेरै घरहरु ढलेका थिए, मान्छेहरुमा त्रास अझै उस्तै देखिन्थ्यो । जब हामि धार्दिङ रेडक्रसमा पुग्यौ स्थिति भयाबह नै थियो राहतको लागि भनेर सदरमुकाम नजीकै का भुकम्प पिडितहरु सदरमुकाममा नै आएका थिए । हामि बस बाट ओर्लिएपछि राहत पाउने आशामा केहि पिडितहरु लाइनमा बसेका पनि थिय तर हामिले त्यहाँ राहात बाडिहाल्नु पनि मिल्दैन्थ्यो र हामि सकेसम्म सदरमुकाम देखि अलि टाढा हाम्रो राहात सामाग्रि पु¥याउने हाम्रो उध्स्य पनि थियो । हामि रेडक्रसमा कुराकानि ग¥यौ र हामिले लगेको राहात सामागि हामिले आफै बाड्न नपाउने कुरो भो हामि निकै दुखित भयौ।

 सरकारको  एकप्रणालि द्धारा राहात सामान बितरण को नियम ले गर्दा हामिले राहात सामाग्रि बितरण गर्न नपाउने भयौ । साच्चै लागिरह्यो कि यो देशमा सिस्टम ले गर्दा पनि धेरै मान्छेहरु मरिराखेका छन् साच्चै उ एक्लैलै कहिलेसम्म भ्याउछ राहत सामाग्रि बाढेर उता पिडितहरु मर्दैहोलान खानाको अभाबमा अनि कठ्याङगिदै होलान जाडो र पानिले । त्यसपछि हामि अब के गर्न सकिन्छ भनेर रेडक्रसको कार्यालयबाट नजिकै रहेको जिप्रका मा कुराकानीको लागि अमिलो मन लिएर गयौ । बाटोमा जादैगर्दा ट्रक का ट्रक सामान आइराखेका थिय र राहात सामाग्रिहरुको थुपै्र थुप्रो थियो । जिप्रका अगाडि एउटा थुलै चौर थियो त्यही ठाँउमा मान्छेहरु पालहालेर पनि रातको समय गुर्जादा रहेछन् । र हवाइ यातायातको अबतरण र उडान पनि हुदोरहेछ , त्यतिनै बेला एउटा हेलिकप्टर धार्दिङबेशिको आकाशमा देखा प¥यो र धार्दिङबेशिलाइ एक फन्को लाग्यो र त्यहि चौरमा बस्यो । त्यसले सायदै त्यहि राहात सामा्रगि ओसारपोसार गर्दैथियो । जिप्रका अगाडि थुप्रिएको त्यति धेरै राहात सामाग्रि देखेर हामिलाइ यो महशुस भयो कि राहात सहयोग गर्नेहरु धेरै छन् र सहयोग पनि प्रशस्तै गरेका छन् तर अभाब राहात लाइ ब्यबस्थापन गर्न र समंबन्धित ठाँउमा पु¥याउन नसक्नु हो ।


   जब हामि जिप्रका नजिकै पुग्न थालेका थियौ त्यतिबेला नै अर्को भयाबहको स्थिति सृजना भयो, कोलाहल र भागाभाग सुरु भयो जमिन फेरी पनि काँप्यो फेरि भुकम्प आयो धन्न त्यो भुकम्प सानो र छोटो अबधिको थियो । मुख्य भुकम्प आएको ५ दिनसम्मँ पनि भुकम्प रोकिएको थियन धार्दिङमा साच्चै त्यहाको अबस्था अझै खतरापुर्ण नै थियो । जिप्रका बाट पनि राहात आफैबाड्न नपाउने र सहयोगको लागि प्रभाबित क्षेत्र सम्म जाने स्थिति पनि नभएको बतायपछि हामि पिडामा प¥यौ ।

हामि समग्र जिल्लाको स्थिति बुझन् खोज्यौ र त्यहाको सबै ठाँउको जानकारि लिदा जिल्लाको उत्तरि क्षेत्रं क्षेत्र न १ निकै प्रभाबित भयको पाइयो । जसलाई धार्दिङको कर्णालि क्षेत्र पनि मानिदो रहेछ , अझ कहालिलाग्दो कुरा त के भने त्यहाको अधिकासं ठाउमा बिजुलि, यातायात, सञ्चार जस्ता आधारभुत आबश्यकता पनि पुगेको रहेनछ । साच्चै त्यो ठाँउको स्थिति झन कस्तो होला, बाताबरण साच्चै भारि भएको जस्तो लाग्यो , हामिले लिएको राहात समान बाटोमानै थियो राहात पाइन्छ कि भनेर केहि पीडितहरु त्यहि लाइनमा हुनुहुन्थ्यो राहात सामागि नबाड्नुस भनेर हामिलाइ जिप्रका को आदेश थियो ।
 “तपाइहरुले अहिले यहाँ राहात बाड्ने स्थिति छैन तपाइले अहिले यहा कुनै ठाँउमा राहात बाड्नुभो भनि अर्को ठाँउका मान्छे आएर हामिलाइ खै भन्छन् तपाइको राहात ले सबैलाइ त भ्याउदैन नि” एक कर्मचारिको उत्त भनाइ हामिलाइ पनि सहि लाग्यो र उत्त सामाग्रि जिप्रकालाइ नै बुझायौ र हामि त्यँहाको अबस्था बुझन सदरमुकाम देखि नजिकैका गाँउतिर लाग्यौ ।
 नजिकैको गाँउमा पुग्दा धेरै घरहरु भत्केका पायौ मान्छेहरु पालमुनिनै बसेका थिए ।







 धेरैको अनुहारमा पिढा देखिन्थ्यो , त्यहाका मान्छेहरु अझै सन्त्रासमा थिए , हामिले सक्दो सँम्झायौ अब एकपटक भुकम्प गयपछि त्यो भन्दा ठुलो भुकम्प जादैन तर सानासाना भुकम्प भने जान सक्छन् त्यसैले धेरै नआत्तिनुस सचेत चाहिँ भईराख्नुपर्छ , त्यतिमात्रै भन्दापनि उहाँहरुले राहात को महसुस गनुृभएको भान हामिलाइ भो । त्यस क्षेत्रमा भएका बालबालिका हामिवरिपरी झुम्मिएका थिए जे जस्तो भयपनि तिनिहरुको अनुहारमा हासो थियो, मैले फोटो खिच्चु भनेर क्यामेरा ते¥साउदै गर्दा एक बुढि आमाले बाबु मेरो पनि खिचिदीनुन भन्नु भो र उहाँसँगै मेरो पनि फोटो आउने गरि साथिलाइ खिच्न लगाए ।



 त्यहा धेरै जसो घरहरु भत्केका थिय , केहि घरहरु नभत्केका भएपनि  मान्छेहरु बारिका पाटामानै पाल हालेर बसेका थिए, र हामिलाइ देखेर सरकारले केहि गरेन भनेर हामिलाइ गुनासो गरिराखेका थिए् र हामिले पनि साँन्तवनाको स्वँर मा भन्यौ नआत्तिनुहोस सरकारले ब्यबस्था गर्दै छ, तर मनमनमा पिडा भइरह््यो सदरमुकाम देखि नजिकै त यस्तो छ भने ति क्षेत्र न १ का रि, लापा, सेरतुङ गाबिसहरुको हालत के होला ।
हामि त्यस ठाँउमा पुग्दा दिन को अन्त्य भइ गोधुलि साँझ परेको हुदा कोहि ले खुल्ला आकाशमुनि खाना बनाइराखेका थिए भने कोहिले पालको अस्थाइ घर नजिकै बारिको पाटामानै भैसि दुहुदै थिए ।



हामिलाइ ति दृश्यहरुले नीकै छोयो तर हामि त्यहा पुग्दा र केहि सान्तवना तिनिहरुलाइ दिदाँ मात्र पनि तिनिहरु नीकै खुसि थीए , दुखद त्यो समयमा त्यहि सानो सुखको अनुभबलाइ मनमा खेलाउदै हामी सदरमुकाम धादिङबेशि झ¥यौ ।

त्यस रात हामि २५ जनानै दार्धिङ रेडक्रस कार्यालयको अगाडि पाल हालेर बस्यौ, सुत्नखोज्दा निन्द«ापनि लागेन करिब राति १ बजेतिर ठुलोपानि प¥यो, पालको बिचभागबाट पानि चुहियो, निदाउनै सकिन र सँम्झिरहे धार्दिङको कर्णालि क्षेत्र मानिने क्षेत्र न १ का गाबिसहरु (रि, लापा, सेरतुङ, तिपलिङ) र आफैमाथि थुप्रियो अन्योलको प्रश्न सुतेका होलान की नहोलान त्यहाका मान्छेहरु, सुतेका भएपनि के ओडेर कँहा सुतेका होलान् सरकार त पुगेको छैन् त्यहा सँम्म यदि सुतेकै भयपनि निदाउन सके कि सकेनन् होला ?

पछिल्लो जानकारि अनुसार महाभुकम्प मा परि धार्दिङ जिल्लामा मर्नेको संख्या ६५० काटिसकेको छ ।



लेखक पोखरा इन्जिनिएरिङ कलेजका इन्जिनिएरिङका बिर्धाथि हुन् ।


media coverage



Saturday, December 6, 2014

प्यार, धोका अनि बिछोडका केहि कुराहरु मुक्तक मार्फत

भन्छु म त झुटो यार नगर ।
दुई दिनको लागि प्यार नगर ।।
केहि हौइन धन हातको मैला सी बाहेक
धनको लागि प्यारमा ब्यापार नगर ।।

मायाले त खाली दिलको कुनाकुना भर्छहोला ।
यात्रा कठिन भएपनि पाईला अघि सर्छहोला ।।
ममताको साथसँगै अघि बढ्न थालेपछि ।
जीन्दगी सबैतिर मिठो सुवास छर्छहोला ।।

उसले नै दियको घात छ म सँग ।
सधै सताई राख्ने रात छ म सँग ।।
जब देखि छोडिनी उसले मलाई , ।
चुरोट अनि रक्सि को साथ छ म सँग ।।

आशु यो बेलाबखत दर्केर आउछ ।
मुटु नै फुट्ने गरि मन चर्केर आउछ ।।
हुदा अन्त्य दिनको, गोधुलि साझतिर ।
कहिल्यै नमेटिने उसको याद फर्केर आउछ ।।

भो पुगो अब यार गर्दिन म ।
यार गर्नको लागि बिचार गर्दिन म ।।
स्वार्थै स्वार्थको यो झुटो दुनियामा,
कसैसँग चोखो प्यार गर्दिन म ।।

Saturday, November 22, 2014

साथीहरू

कोहि सुनामी जस्ता साथी हुन्छन उनीहरू एक पटक नजिकिन्छन अनि गायव हुन्छन ।कोहि ऋतुजस्ता साथी हुन्छन उनीहरु Season अनुसार नजिकिन्छन ।
कोहि जुनजस्ता साथी हुन्छन ती पन्ध्र दिन आफ्ना पन्ध्र दिन अरुका ।कोहि छायाँ जस्ता साथी हुन्छन दिनमा आफ्ना रातमा अरुका । दुनिया साँच्चै एक्लो छ, एक्लै पनि उभिन सिक्नुपछ

My speech on my 21'th birthday

समयको नियमित गतिसँगै यो धर्तिमा टेकेकोपनि आज (२०७१–०६– ११) २१ औँ वसन्त पुरा भएछ । यो बर्षको दशैँपनि नजिकै आईसकेको छ । आजसम्म आउँदा २० ओटा दशैँ मानि सकियो । यि दशैँहरुसँगै २१ ओटै वसन्त–शिशिर, पुस माघको जाडो, बर्षे झरी र समयको अनुभव गर्दै आज यो अबस्थामा आई पुगेको अबस्था हो । आज सवेरै मोवाईलको घण्टि बज्यो, आधा निद्रामै फोन उठाएँ । घरबाट ममिले फोन गर्नुभएको रहेछ । निद्रामै फोन उठाएँ । ममिले बाबु जन्म दिनको शुभकामना छ है तिमिलाई भन्नुभयो । मन भित्रैबाबट खुसियाली छाएर आयो । मन त्यसैत्यसै आनन्दित भएर आयो । ममिलाई मैले मनको भित्रि कुनादेखि नै धन्यवाद प्रकट गरेँ । ममिको फोनसँगै दिनभर जसो फोनका घण्टिहरु बजिरहे । एसएमएस पनि धेरै नै आए । जसबाट मेरो भलो सोच्नेहरुपनि रहेछन भन्ने महशुस भयो । मनमा आँट बढेर आयो । कतिपय शुभकामना राती पनि आएका रहेछन । एसएमएस र फेसबुक मार्फत । त्यो पनि नियाँले । त्यसले मलाई मायाँ गर्ने मान्छेहरु धेरै रहेछन भन्ने अनुभुती भयो । एक चोटी त लाग्यो साथीभाई, आफन्त, घरपरिवारको मायाँ पाउन जन्मदिन आउनुपर्दोरहेछ । साँच्ची आज धेरै खुसि लागि रहेको छ । मेरो बुवा ममि आज तपाईहरु नभएको भए म पनि हुने थिईन । खै तपाईहरुलाई म कहिले ऋण तिर्न सकुलार ? तर पनि राम्रो गर्ने प्रयास गर्नेछु । राम्रो मान्छे हुने प्रयास गर्नेछु । मैले सकेसम्म तपाईहरुको आँखामा आँशु बग्न दिनेछैन । र अन्तमा मलाई जन्मदिनको शुभकामना दिएर मलाई हौसला प्रदान गर्नुहुने तपाई सम्पुर्णलाई धेरै–धेरै धन्यबाद दिन चाहान्छु । हार्दिक अभार ब्यक्त गर्दछु.......... र आउँदै गरेको दशैँ–तिहार–छठको अबसरमा सबैसवैलाई शुभकामना सहित सफलताको कामना गर्न चाहान्छु ।.......... मिलन लोहनी दर्शन ,

Tuesday, August 12, 2014

साहित्य

केही कुरा जल्दा धुवाँ निस्किन्छ, केही कुरा जल्दा आँशु ! दुवै तातो हुन्छ । फरक यति हो एउटा मुटु पग्लेर निस्किन्छ, अर्को आगो सल्केर निस्किन्छ ।

Tuesday, February 11, 2014

सकारात्मक सोच

जोखिम उठाऊ । चुनौतीले मात्र तिमीभित्रको लुप्त क्षमतालाई बिष्फोट गरेर बाहिर ल्याउँछ ।
 खतरा देखि भाग्नेहरू सधै ओझेलमा पर्छन । जुन दिन तिमी भुँइमा बामे सर्दै थियौ त्यो बेला उभिन गाह्रो लाग्थ्यो, जुन दिन उभिन सिक्यौ त्यो दिन उफ्रिन गाह्रो लाग्थ्यो ।तर आज हिड्ने,दौडिने,उफ्रिने यी सबै कुराहरू सजिलो लाग्छ तिमीलाई । याद राख, प्रत्येक काम सजिलो हुनु अगाडि गाह्रो नै देखिन्छ, दुनियामा जित्ने यौटै मात्र उपाय चुनौतीसँग मुकाविला गर्नु हो, जस्तो सुकै परिस्थितीको पनि हाँसी हाँसी सामना गर ।

Tuesday, February 4, 2014

जिवनका तथ्यहरु

injoy life its just one.
जिवनका 4 तथ्यहरु ..

1) तपाईंहरुका सन्तान लाई धनी बन्न नसिकाउनुहोस्,
उनिहरुलाई केबल खुशी बन्न सिकाउनुहोस्
ताकी जब उनिहरु ठुला हुन्छन, उनिहरुले चीजहरुको महत्त्व
बुझ्नेछन नकी मुल्य हेरुन ।

2) खान औषधी जस्तै ठीक्क मात्रामा खानुहोस्नत्र
तपाईंलाई औषधी खाना जस्तै गरी खानुपर्नेछ ।

3) जस्ले तपाईंलाई माया गर्छ उसले तपाईंलाई कहिल्यै
छोड्नेछैन, 
किनकी तपाईंलाई छोड्ने ऊ सँग १०० करण भएपनी उसले
तपाईंसङै रहने १ कारण अवस्य पाउनेछ ।

4) तपाईंलाई "जन्म" र "मृत्यु" को बेलामा सबैले माया प्रेम
गर्छन् अरु समयमा तपाईं आँफैले ब्याबस्थान गर्नुपर्ने हुन्छ ।



                                                                                    +Milan Lohani 

Tuesday, January 28, 2014

कलेज लेभलमा सफल/असफल हुनेहरूकालागि

कलेज लेभलमा सफल/असफल हुनेहरूकालागि

- संसारका १० महानतम साहित्यकार मध्येका एक लियो टोल्सटाय परिक्षामा पटक पटक असफल भए पछि उनले पढाइलाई चटक्कै छोडेका थिए ।

- ब्रुस लीको सानैदेखि अमेरिका गएर मार्सल आर्ट बन्ने सपना थियो तर घाडो भइरहेको थियो पढाइ । र, उनले पढाइ चटक्कै छोडिदिएका थिए ।

- महान् कवि रविन्द्रनाथ टैगोरलाई उनको परिवारले धेरै पढोस् भन्न चाहन्थे, तर विद्यालय अध्ययनमा उनको पटक्कै मन थिएन र त SLC मा सात पटक गुल्टिए र पढाइनै छोडिदिएका थिए ।

- शिक्षकहरूले थोमस एडिसनको प्रयोगात्मक दिमागलाई चिनेनन् र उनलाई किताबी कुरा घोकाउन तर्फ लागे तर उनले त्यो स्विकारेनन परिणाम तिन महिनामै उनलाई विद्यालयबाट निकालियो ।

- विल गेट्सलाई कलेजजान पटक्कै मल लाग्दैनथ्यो । उनी कम्प्युटरमै रमाउदथे । एकदिन उनले कलेजनै त्यागे । उनले भनेका थिए कलेजमा म टप थिइन तर आज कलेजका टप मेरो कम्पनीमा काम गर्छन् ।

- क्याम्ब्रिज युनिभर्सिटी प्रेसले २००० मा छापेको एक शोध-खोज अनुसार कलेजमा पाउने शिक्षाभन्दा अनुभवबाट पाइने ज्ञान ६ गुणा बढी महत्वपूर्ण हुन्छ ।

आफ्नो सपनाको विश्वविद्यालयमा अनुभवको पुस्तकद्वारा रमाउदै पढ्नुहोस्, अनी मात्र जीन्दगीले तपाईलाई असली सर्टिफिकेट दिनेछ ।

Friday, December 27, 2013

time and tide not wait for none

सीसाकलम रुपि हाम्रो जीन्दगी समय
time and tide not wait for none
रुपि
 धारमा हरदम छोटिइरहन्छ , र एक दिन काम नलाग्ने लम्बाईमा पुगी फ्याँकिन्छ ।
 याद राख्नु....जसले धार अगावै केही लेख्छ ऊ नै अमर हुन्छ ।


















photo from : milan photography

Tuesday, December 10, 2013

आमालाई चिट्ठी

म बसबाट ओर्लेपछी थाहा भयो कि मेरो पकेट
काटिएको रहेछ । पकेटमा मैले आमालाई
लेखेको चिट्ठी र ५०० रुपैया थियो ।
चिट्ठीमा मैले लेखेको थिएँ-
'
आमा मेरो नोकरी छुट्यो अब केहि दिन
तपाईंलाई पैसा पठाउन सक्दिनँ । यही ५०० ले
काम चलाउदै गर्नु होला । नपुगेमा सापटी गरेर
चलाउनु होला ।' आमालाई अर्को चिट्ठी पठाउन
सकेको थिइनँ । मेरो ५०० रुपैया गई
सकेको थियो । हुन त ५०० रुपैया ठुलो कुरो त
होइन तर जगिर छुटेको मान्छेलाई त्यो ५००
पनि ५००० भन्दा कम हुँदैन । केहि दिन
पछी मैले आमाको चिट्ठी पाएँ । चिट्ठी खोल्नु
भन्दा पहिला मैले सोचेँ- पक्कै पनि पैसा पठाउन
भनेर लेख्नु भयो होला।


 तर चिट्ठी पढ्दा म दङ्ग
परेँ । चिट्ठीमा लेखेको थियो- 'छोरा तैले
पठाएको १००० रुपैयाँ मेरो हात पर्यो । तैले
मेरो कती धेरै ख्याल राख्छस है।'
मेरो मनमा खुल्दुली हुन थाल्यो । आखिर कस्ले
पठायो होला आमालाई पैसा? केहि दिन
पछी मलाई अर्को चिट्ठी हात
पर्यो जसमा लेखेको थियो- 'तिम्रो ५०० र
मेरो ५०० रुपैयाँ गरेर १०००
रुपैया तिम्रो आमालाई पठाएको छु ।
चिन्ता नगर । आमा त सबैको एउटै हुन्छिन
नि होईन र? आमा भोकै बसेको कस्ले हेर्न सक्छ र!
उही तिम्रो, पकेटमार...

साचो प्रेम

साचो प्रेम पैसा मा बिक्छ
कहिल्यै नसोच्नु! ..
झुटो माया जीवन्त टिक्छ
कहिल्यै नसोच्नु!...
जिन्दगीमा हजार चोट भोगेको त्यो मान्छे...
क्षण भर मै हास्न सिक्छ
कहिल्यै नसोच्नु!...
झुटो माया को नाटक रच्दै हिड्ने त्यो मान्छे ...
मेरो लागी मुटु नै झिक्छ
कहिल्यै नसोच्नु!...
भित्री मन को गहिराई डुबी हेर्नु पर्छ ।

Friday, November 22, 2013

Hindi Sahari


HaR SaPna Kabhi SaKaR Nhi Hota ...
MuHaBBat Ka Koi AaKaaR Nhi Hota ... !!
Sab Kuch Ho Jata Hai Is Duniya Mein ...
MaGaR DoBaRa Kisi Se Saccha PYAAR Nahi Hota ... !!!


Andhere Main Rasta Banana Mushkil Hota Hai
Tufan Main Dipak Jalana Mushkil Hota Hai
Dosti Kisi Se Bhi Karna Mushkil Nahi
Magar Ise Nibhana Bada Mushkil Hota Hai..



Phoolon ki wadi me ho basera tera
sitaron ke aangan mein ho ghar tera
dua hai ek dost ki ik dosti ka
k tujh se bhi khubsurat ho naseb tera


UsNe Ek Baar Kaha Tha MujhSe ...
Barasti Barish Se Ishq Hai UsKo ... !!
So UsKa Ishq Apnaney Ke Liye ...
Meri Ankhein Har Raat Barasti Hain ... !!


Barsi Aankhein Jiski Yaad Me Barsaat Ki Tarah ...
Woh Bhi Badal Gaya Mere Halaat Ki Tarah ... !!
Haal Jite Ji Koi Puchhta Hi Nahi ...
Phir Maut Pe Kyon Aate Hain Sab Baaraat Ki Tarah ... !!



koi keh de unse jaaker humne jeena hai seekh liya.....
ansooyon ko haste haste peene hai seekh liya.....
judaai ka gam sehna hamaare liye mushkil nahi....
kyoki tanhaai ko apna banaana hai seekh liya


Duaa to Dil se Mangi Jati hai, Zuban
se nahi,,
Qabool to uski bhi Hoti hai, Jiski
Zuban Nahi Hoti..



Hath Padne Wale Ne Toh
Pershani Me Daal Diya
Mujhe...!!
Mere Haath Dekh Kar Bola
Tujhe Maut Nahi Kisi Ki Yaad
Maaregi.. !!


Saans Tham Jati Hai
Par Jaan Nahi Jati.
Dard Hota Hai
Par Aawaz Nahi Aati.
Ajib Log Hai is Zamane Me
Koi BhuL Nahi Pata Or Kisi Ko Yaad Nahi Aati...!!



Dil se chaho to saja dete hai log
Sache jajbat ko bhi thukra dete hai log
Kon hone denge do dilo ka Milan
Pas pas baithe do prindo ko bhi uda dete hai log…



Jab Kuch Sapne Adhure Rah Jate Hai...
Tab Dil Ke Dard Aansu Ban Ke Beh Jate Hai...
Jo Kahte Hai Ki Ham Sirf Aap Ke Hai...
Pata Nahi Wo Kaise Alvidaa Keh Jate Hai...

Wednesday, June 26, 2013

Shayari

Dil me tamannaon ko dabana seekh liya, Gam ko ankhon me chhipana seekh liya, Mere chahre se kahin koi baat zaahir na ho, Daba ke hothon ko hamne muskrana seekh liya…