मिलन लोहनी |
कारुणिक र दर्दनाक कथा जस्तो लाग्ने उत्त घटना मिति २०७२ साल वैशाख १२ गतेको हो । उत्त दिन मध्यान्न तिर आएको बिनाशकारि भुक्म्पँले धेरैलाइ घरबारबिहीन बनाइदियो, कतिको आमाबाबुबाट छोराछोरि लाइ अलग बनाइदियो , कतिको सिन्दुर पुछिदियो, कतिको प्रेमिलाइ सधाको लागि टाढा बनाइदियो । घटनापछि सबैको होसबास उड्यो बाच्नेहरु चाँहि नया जिबन पाइयो भन्दै लामो शास फेर्न थाले ,.. तर त्यतिमै छोडेन उसले त्यसपछि नि बारम्बार हल्लाइ रह्यो जमिन र हल्लाइरह्यो सबैको मुटुपनि , र त बाँचेका र घर जस्ताको तस्तै भएका पनि बाध्य भए खुल्ला आकाशमुनिको चउरमा बस्न, पानिपरेको बेला पनि ।
गोरखाको बारपाक र लारपाक लाइ केन्द्बिन्दु बनाइ गएको ७.९ रेक्टरको उत्त भुकम्प बिनाशकारि साबित भयो । हजारौ मान्छेको ज्यान लियो, ऐतिहासिक र साँस्कृतिक धरोहरुलाइ पनि क्षणभरमै भग्नाअबशेष मा परिबर्तन गर्दियो । घटनापछि मिडियामा आयका तथ्यहरुले झन कहालिलाग्दो अबस्थामा पु¥याइदियो मिडियाबाट प्रसारण हुने भिडियो मिश्रित समाचार हरु साच्चै नै मानबिय सँबेदनालाई छुने खालका थिए। सँपुर्ण घरहरु भत्कीयका थिए । मान्छेहरु पानि परिराखेको बेलामा पनि कुकरुक्क परि बसिराखेका थिय खुल्ला चउरमै, उद्धार टोलि ले उद्धारको काम लाइ अगाडि बढाइराखेको थियो, उद्धार टोलिले एक बच्चालाई जमिनमुनिबाट निकाल्दै गर्दा आफुलाई रोक्न सकिन टेलिभिजन हेर्दै गर्दा मेरो आखाबाट आँसु झरिरहेको थियो । मर्नेहरु मरिहाले तर बाचेकाहरुको स्थिति दर्दानक देखेर कसको मन भावुक हुदैन र म आप्नो मनलाइ पनि समहाल्न सकिराखेको थिएन् काठमाणडौ जस्तो केन्दिय ठाँउमा त त्यस्तो अबस्था थियो भने अझ भुकम्प प्रभाबित विकट क्षेत्रको अबस्था के होला कल्पना सम्म पनि कहालिलाग्दो भो, के गर्ने र कसो गर्ने भो, सामाजिक सँञ्जालहरुमा बिदेश भएका साथिहरु स्टाटस मा लेखिराख्नुभयको थियो “देश रोहिरहेछ , म के नै गर्न सक्छु र यो बिदेशि भुमिबाट” म स्वदेशमै भएरै पनि केहि गर्न सकिरहेको थिइन् । र एक्लै केहि गर्न सक्ने स्थिति पनि थीइन् । त्यसपछि साथिहरु सँग मिलेर राहात सँङकलन गरि भुक्मप प्रभाबित क्षेत्र सम्म पुगेर सहयोग गर्ने साँेच आइरहेको थियो र साथिहरुले पनि त्यस्तै सोच बनाउनु भएको रहेछ त्यसैअनुरुप हामि अगाडि बढ्ने सल्लाह ग¥यौ ।
पोखरा इन्जिनिएरिङ कलेजको नेतृत्वमा पोखराका सँपुर्ण कलेज र बिभिन्न सँङघ सँस्थाका बिधार्थिहरु र युवाहरु एकजुट भयौ र २५ जनाको समुह बनायौ । र भुकम्प प्रभाबित जिल्ला मध्यको जिल्ला धार्दिङ जाने निर्णय ग¥यौ, त्यसपछि राहत सँङकलन को काममा लाग्यौ सँङकलनमा लाग्दै गर्दा धेरै समस्याहरु पनि आए तर बिभिन्न समस्याका बाबजुत हामि धेरै राहात सँङकलन गर्न सफल भयौ । राहात सँङकलनकै क्रम्रमा यो पनि लाग्यो कि हामि नेपालिहरु कति उदार छौ एकलाइ पर्दा अर्कोले यसरि सहयोग गर्छौ , एकैदिनमा हामि धैरै खाधन्न, त्रिपाल तथा पा्रथमिक उपचारका धेरै राहात सामा्रगि जम्मा ग¥यौ । राहात सँङकलन गर्दै गर्दा हामिले रु २ देखि १५ - २० हजार सम्म सहयोग पनि पायौ र बाटोमा हिड्दै गरेका यात्रिहरुबाट पनि अनेपेक्षित सहयोग पाँउदा हामिमा निकै उत्साह बढेको थियो ।
बिभिन्न सरसल्लाह र तयारि पछि बैशाख १५ गते बिहानैबाट राहत सँङकलन को काम गरि राहत जम्मा गरेपछि आबश्यक कानुनि प्रक्रिया मिलाइ हामि पोखरा रेडक्रस मार्फत १६ गते बिहानै राहात स्रामागि सहित धार्दिङको यात्रा तय ग¥यौ । करिब ६ घन्टाको यात्रा पछि हामि दिउसो १ बजेतिर धार्दिङको सदरमुकाम धार्दिङबेशि पुग्यौ , धार्दिङ छिरेपछि यात्रामा हुदैगर्दा पनि भत्किएका घरहरु, ढलेका रुखहरु, अनि चर्किएका सडकहरुले हामिलाइ धार्दिङमा भुकम्प ले निम्त्याएको भयाबह स्थिति को अनुमान गर्न कुनै गाहा्रे भयन । धार्दिङबेशिमै पनि धेरै घरहरु ढलेका थिए, मान्छेहरुमा त्रास अझै उस्तै देखिन्थ्यो । जब हामि धार्दिङ रेडक्रसमा पुग्यौ स्थिति भयाबह नै थियो राहतको लागि भनेर सदरमुकाम नजीकै का भुकम्प पिडितहरु सदरमुकाममा नै आएका थिए । हामि बस बाट ओर्लिएपछि राहत पाउने आशामा केहि पिडितहरु लाइनमा बसेका पनि थिय तर हामिले त्यहाँ राहात बाडिहाल्नु पनि मिल्दैन्थ्यो र हामि सकेसम्म सदरमुकाम देखि अलि टाढा हाम्रो राहात सामाग्रि पु¥याउने हाम्रो उध्स्य पनि थियो । हामि रेडक्रसमा कुराकानि ग¥यौ र हामिले लगेको राहात सामागि हामिले आफै बाड्न नपाउने कुरो भो हामि निकै दुखित भयौ।
सरकारको एकप्रणालि द्धारा राहात सामान बितरण को नियम ले गर्दा हामिले राहात सामाग्रि बितरण गर्न नपाउने भयौ । साच्चै लागिरह्यो कि यो देशमा सिस्टम ले गर्दा पनि धेरै मान्छेहरु मरिराखेका छन् साच्चै उ एक्लैलै कहिलेसम्म भ्याउछ राहत सामाग्रि बाढेर उता पिडितहरु मर्दैहोलान खानाको अभाबमा अनि कठ्याङगिदै होलान जाडो र पानिले । त्यसपछि हामि अब के गर्न सकिन्छ भनेर रेडक्रसको कार्यालयबाट नजिकै रहेको जिप्रका मा कुराकानीको लागि अमिलो मन लिएर गयौ । बाटोमा जादैगर्दा ट्रक का ट्रक सामान आइराखेका थिय र राहात सामाग्रिहरुको थुपै्र थुप्रो थियो । जिप्रका अगाडि एउटा थुलै चौर थियो त्यही ठाँउमा मान्छेहरु पालहालेर पनि रातको समय गुर्जादा रहेछन् । र हवाइ यातायातको अबतरण र उडान पनि हुदोरहेछ , त्यतिनै बेला एउटा हेलिकप्टर धार्दिङबेशिको आकाशमा देखा प¥यो र धार्दिङबेशिलाइ एक फन्को लाग्यो र त्यहि चौरमा बस्यो । त्यसले सायदै त्यहि राहात सामा्रगि ओसारपोसार गर्दैथियो । जिप्रका अगाडि थुप्रिएको त्यति धेरै राहात सामाग्रि देखेर हामिलाइ यो महशुस भयो कि राहात सहयोग गर्नेहरु धेरै छन् र सहयोग पनि प्रशस्तै गरेका छन् तर अभाब राहात लाइ ब्यबस्थापन गर्न र समंबन्धित ठाँउमा पु¥याउन नसक्नु हो ।
जब हामि जिप्रका नजिकै पुग्न थालेका थियौ त्यतिबेला नै अर्को भयाबहको स्थिति सृजना भयो, कोलाहल र भागाभाग सुरु भयो जमिन फेरी पनि काँप्यो फेरि भुकम्प आयो धन्न त्यो भुकम्प सानो र छोटो अबधिको थियो । मुख्य भुकम्प आएको ५ दिनसम्मँ पनि भुकम्प रोकिएको थियन धार्दिङमा साच्चै त्यहाको अबस्था अझै खतरापुर्ण नै थियो । जिप्रका बाट पनि राहात आफैबाड्न नपाउने र सहयोगको लागि प्रभाबित क्षेत्र सम्म जाने स्थिति पनि नभएको बतायपछि हामि पिडामा प¥यौ ।
हामि समग्र जिल्लाको स्थिति बुझन् खोज्यौ र त्यहाको सबै ठाँउको जानकारि लिदा जिल्लाको उत्तरि क्षेत्रं क्षेत्र न १ निकै प्रभाबित भयको पाइयो । जसलाई धार्दिङको कर्णालि क्षेत्र पनि मानिदो रहेछ , अझ कहालिलाग्दो कुरा त के भने त्यहाको अधिकासं ठाउमा बिजुलि, यातायात, सञ्चार जस्ता आधारभुत आबश्यकता पनि पुगेको रहेनछ । साच्चै त्यो ठाँउको स्थिति झन कस्तो होला, बाताबरण साच्चै भारि भएको जस्तो लाग्यो , हामिले लिएको राहात समान बाटोमानै थियो राहात पाइन्छ कि भनेर केहि पीडितहरु त्यहि लाइनमा हुनुहुन्थ्यो राहात सामागि नबाड्नुस भनेर हामिलाइ जिप्रका को आदेश थियो ।
“तपाइहरुले अहिले यहाँ राहात बाड्ने स्थिति छैन तपाइले अहिले यहा कुनै ठाँउमा राहात बाड्नुभो भनि अर्को ठाँउका मान्छे आएर हामिलाइ खै भन्छन् तपाइको राहात ले सबैलाइ त भ्याउदैन नि” एक कर्मचारिको उत्त भनाइ हामिलाइ पनि सहि लाग्यो र उत्त सामाग्रि जिप्रकालाइ नै बुझायौ र हामि त्यँहाको अबस्था बुझन सदरमुकाम देखि नजिकैका गाँउतिर लाग्यौ ।
नजिकैको गाँउमा पुग्दा धेरै घरहरु भत्केका पायौ मान्छेहरु पालमुनिनै बसेका थिए ।त्यहा धेरै जसो घरहरु भत्केका थिय , केहि घरहरु नभत्केका भएपनि मान्छेहरु बारिका पाटामानै पाल हालेर बसेका थिए, र हामिलाइ देखेर सरकारले केहि गरेन भनेर हामिलाइ गुनासो गरिराखेका थिए् र हामिले पनि साँन्तवनाको स्वँर मा भन्यौ नआत्तिनुहोस सरकारले ब्यबस्था गर्दै छ, तर मनमनमा पिडा भइरह््यो सदरमुकाम देखि नजिकै त यस्तो छ भने ति क्षेत्र न १ का रि, लापा, सेरतुङ गाबिसहरुको हालत के होला ।
हामि त्यस ठाँउमा पुग्दा दिन को अन्त्य भइ गोधुलि साँझ परेको हुदा कोहि ले खुल्ला आकाशमुनि खाना बनाइराखेका थिए भने कोहिले पालको अस्थाइ घर नजिकै बारिको पाटामानै भैसि दुहुदै थिए ।
हामिलाइ ति दृश्यहरुले नीकै छोयो तर हामि त्यहा पुग्दा र केहि सान्तवना तिनिहरुलाइ दिदाँ मात्र पनि तिनिहरु नीकै खुसि थीए , दुखद त्यो समयमा त्यहि सानो सुखको अनुभबलाइ मनमा खेलाउदै हामी सदरमुकाम धादिङबेशि झ¥यौ ।
त्यस रात हामि २५ जनानै दार्धिङ रेडक्रस कार्यालयको अगाडि पाल हालेर बस्यौ, सुत्नखोज्दा निन्द«ापनि लागेन करिब राति १ बजेतिर ठुलोपानि प¥यो, पालको बिचभागबाट पानि चुहियो, निदाउनै सकिन र सँम्झिरहे धार्दिङको कर्णालि क्षेत्र मानिने क्षेत्र न १ का गाबिसहरु (रि, लापा, सेरतुङ, तिपलिङ) र आफैमाथि थुप्रियो अन्योलको प्रश्न सुतेका होलान की नहोलान त्यहाका मान्छेहरु, सुतेका भएपनि के ओडेर कँहा सुतेका होलान् सरकार त पुगेको छैन् त्यहा सँम्म यदि सुतेकै भयपनि निदाउन सके कि सकेनन् होला ?
पछिल्लो जानकारि अनुसार महाभुकम्प मा परि धार्दिङ जिल्लामा मर्नेको संख्या ६५० काटिसकेको छ ।
लेखक पोखरा इन्जिनिएरिङ कलेजका इन्जिनिएरिङका बिर्धाथि हुन् ।
excellent bro...
ReplyDeletethank you so much bro
Delete