गलकोट
प्राकिर्तिक रुपमा सुन्दर हरियाली डाडाकाडाले घेरिएको दरौ र गौदी खोलाले सिर्चित खाधान्न उत्पादनमा आत्मनिर्भर समसितोसं हाबापानी, तामा, फलाम, सिसा, इस्लेट ढुंगा आदि २२ खानीले पर्सिध विभिन्न जात-जति तथा जनजातिहरुको बसोबास भएको किर्षी, पशुपालन, व्यापार, सोदेशी तथा बैदेशिक रोजगार संलग्न बेक्तिहरु भएको १६ गा.बि. स. संयुक्त नाम हो गलकोट
बि.स. १६३१ मा पर्बत राज्य बाट जितारी बम मल्ल गल्कोट बाट आएपछि सर्बपर्थम वर्तमान हटिया गा.बि. स. ओडा नं: ३ पूर्णकोट बाट बसोबाश गरेको कुरा तेहाका भनाइ बिसेसको अद्धेंन बाट थाहा हुन्छ | सो ठाउँ किल्लाको लागि उपुक्त नभएकाले वर्तमान हटिया गा.बि. स. ओडा नं: ५ मा अबस्थित गोलो टोपी आकारको टाकुरामा गए कोत्घर तथा दरबार बनाई बसोबास गरेका थिए | यसरी छेत्रको नाम "गोलकोट" रहेको थियो तर गोलकोट सब्द अपभर्म्सा हुदै गोलकोट भई हाल गल्कोट भन्न थालिईको हो |
गल्कोट क्षेत्र पर्यटकीय द्रिस्तिकोटले महोत्योपुर्ण मानिन्छ | यस क्षेत्र अन्तर्गत गल्कोट को कोटको फेदीमा रहेकोछरे खोलाको सह्तर धारा घुम्टेको सिखर र टेयूया, गाईघाटको झरना, मोतीमारेको दह, गाजाको दह, उपल्लो रिघाको चौर, काडेबास गा.बि. स. अन्तर्गत थालेपोखारा उच्कको थुम्को, पाणखानीको घाटूनाच, हरीचौरको दरबार, हटियाको लाखेनाच, तारा, हिल, अर्गल तथा अमरभूमि गा.बि. स. मा मनायिने भुस पोल्ने र सिस्नो खोस्ने मेलाको साथै राडीपाखी, डाली, सुपों, नाली , नेपाली कागज आदि को सम्प्रधन गरि आन्तरिक एबम बाहिरी पर्यटको बिकाश गर्न सक्ने देखिन्छ |
राजनैतिक रुपमा बाग्लुंग जिल्लामा ३ ओटा निर्बाचन क्षेत्र १३ इलाका, ५९ गा.बि. स. र १ नगरपालिका रहेका छन् | ३ ओटा निर्बाचन क्षेत्रको संयोजन बनेको छ गल्कोट | क्षेत्र नं: १ अन्तर्गत तारा, हिल, अर्गल, अमरभूमि,हरिचौर, नरेथाठी, दुदिलाभाटि रहेका छन् भने क्षेत्र नं: २ मा हटिया, काडेबाश, सुखौरा र सल्यान छन् | तेस्तै क्षेत्र नं: ३ मा रिघा, पान्डवखानी, सिसाखानी पर्दछन् | जिल्लाका प्रमुख ब्यापारिक स्थानहरुमध्ये हटिया र हरिचौर गल्कोट क्षेत्रमा नै पर्दछन् | दरम र गौदी दुई मुख्य खोलाहरुले सीनचित बेसीको भुमि गल्कोटको मुख्य सदरमुकाम बाग्लुंग बजार बाट करिब ९ कोस पश्चिममा पर्ने प्रमुख क्षेत्र गल्कोट(पुरानो सदरमुकाम रहेको ठाउँ) हो | गल्कोट क्षेत्रमा नरेथाठी,दुदिलाभाटि,हटिया,अमरभूमि,हरिचौर,मल्म, हिल, तारा, पान्डवखानी, काडेबाश, सुखौरा र सल्यान , सिसाखानी,दगन्तुडाडा गरि १६ ओटा गा. बि. स. हरु पर्दछन् | गल्कोटको एतिहसिक पृषभुमिलाई हेर्दा राजा आनन्द बम मल्लको समय(बि.सं १६३१) देखि राजा जगत बम मल्लको समय(बि.सं १८८४ ) सम्म सोतन्त्र राज्यका रुपमा रहेको पाइन्छ | बाग्लुंग जिल्लाकै सबैभन्दा अग्लो १०,३९३ फीट उचाई भएको घुम्टे पहाड गल्कोटको सोभा हो |भने त्येसको टुप्पोबाट हेर्दा गल्कोटको चारैतिरबाट पहाडले घेरेको बीच भागमा समथल टार, भिराला पाटा(बारी ) र अन्य पहाडहरुका साथै ठाडाखोला, झरना र भिर पहराले सजिएको चित्राकस्क प्राक्रतिक दिर्स्येओलिहरु भएको कचौरा जस्तो उपत्येका देखिन्छ | बाग्लुंगबाट गल्कोट हुदै ढोरपाटन पुगिन्छ | अहीले कच्चि ग्रामिण सडकको केन्द्रको रुपमा गल्कोट रहदै आएको छ | गल्कोटको केन्द्र भनेको हटिया र हरिचौर मानिएका छन् | बजार र सुबिधाको दृस्टीकोणबाट यी दुवै स्थानहरु महत्योपुण छन् | गल्कोटमा उच्च सीछा पर्दान गर्ने एकमात्र गल्कोट बहुमुखी क्याम्पस रहेको छ |उच्च मा. बि. मा गल्कोट उच्च हटिया, जनजागृति उच्च मा. बि. काँडेबाश रहेको छन् | स्वास्थय उपचारका लागि स्वास्थय केन्द्र हरिचौर मा छ | आजसम्म पनि गल्कोटलाई लाहुरे, विदेस महँगो ठाउँको रुपमा चिन्ने र चिनाउने गरिन्छ | तर गल्कोटको वास्तविक प्रकृति र सम्भावना यस भन्दा निकै भिन्न छ |
यस क्षेत्रमा उपलबथ छ प्राकृतिक र मानविय स्रोत र साधनको प्रयोग र प्रचारप्रसार हुन सकेको छैन | यीनिहरुलाई ब्यवस्थित गरि अधिकतम परिचालान गर्न सक्ने हो भने गल्कोटको चिनारी दिने अरु नया आधार र प्रतिकहरु बन्न सक्दछन् | यसबाट गल्कोटको समग्र बिकाशका लागि प्रसस्त सम्भावना छन् र यस्तर्फ अझै गल्कोट बासीहरुको धयान पुग्न सकेको छैन | भोलिकालागी समेत कुनै ठोस योजना रहेको छैन| यहा उल्लेख गरिएका सम्भावनाहरु गल्कोटको स्थलगत अबलोकन र गल्कोट बासीहरुको आफ्नो जीवन निर्वाह गर्न र गुणस्तर व़ीदि गर्न उपयोग गर्दै आएको ज्ञान र स्रोतमा आधारित छ |
विकाशका पूवाधारहरु
आधुनिक विकाशका मुख्य तिनओटा पूवाधारहरु देखीयका छन् | तिनीहरु प्राकृतिक स्रोत, मानविय स्रोत, र चल पुजी हुन् | प्राकृतिक स्रोत अन्तर्गत प्रकृतिमा पाईने जमिन, वन, पानी, खानी र खनिज पदार्थ लगाएतका वस्तुहरु पर्दछन् | मानविय स्रोत अन्तर्गत प्राकृतिक वस्तुहरुलाई अन्य कुनै औजार वा उपकरणको सहयेताले उपयोगमा ल्यई उतपादन गर्न सक्ने सिपमुलक जसक्ति पर्दछ | प्राकृतिक स्रोत र प्रविधि उपकरण खरिद गर्न सक्ने साधान पूजी हो | यी तिनवटा वस्तुहरुको संयोजन बाट उत्पदान हुन्छ | यसरी उत्पदान बाट मानव जीवनको गुणस्तर व़ीदि गर्ने प्रयास गरिन्छ | संसारभरका समाजहरुमा उत्पादन प्रणाली लाई तिन कुराहरुमा निर्धारण गरेको हुन्छन |
गल्कोट क्षेत्रको विकासका लागि चल्पुजी र प्रकृतिक स्रोत प्रसस्त छ | यसको परिचालनको लागि सीपयुक्त जनसक्ति र प्रविधिको व्यवस्था र परचालन गर्नु गल्कोटको सम्भावना भित्रको चुनौती हो | यसका लागि गल्कोट मा नै प्राविधिक जनसक्ति तयार गर्नु पर्दछ | मानविय स्रोतलाई उपलब्ध स्रोतहरुको उपयोग गरि आफ्नो व्यवसाय संचालन गर्न आत्मजागरण तालिमको व्यवस्था गर्नु पर्दछ | स्वदेशको व्यवसाय अत्यन्तै सानो भएपनि आत्मनिर्भर हुन्छ भन्ने धारणा बिकाश गर्नु आवस्यक छ |
गल्कोट छेत्रमा उपलब्ध स्रोतहरु र तिनीहरुको परिचालनको सम्भावना:
भौगोलिक बनावटका हिसाबले गल्कोट क्षेत्रको बनावट पहाड अन्तर्गत पर्दछ | पूण पहाडी क्षेत्र भएर पनि यसको संरचना लेक र बेसी मिलेर बनेको छ | माथिल्लो भागलाई लेक भनिन्छ | यो हावापानीको हिसावमा कहे कम तप्कर्म हुने र हिउदमा धेरै चिसो हुन्च र कहीलेकाइ हिउ पनि पर्दछ | तापक्रम केहि बडी भएको जमिन खेत र खोलाको तिर नजिक पर्ने तल्लो भागलाई बेसी भनिन्छ | यस क्षेत्रमा तुलानात्मक रुपले बढी उबजनी हुन्छ र बलि केहि छिटो पाक्ने हुदा बर्समा तीन पटक बालि लगाउन सकिन्छ | यी दुवै क्षेत्र को प्राकृतिक बनावट पनि भिन्न छ |यिनीहरुलाई यसरी चर्चा गर्न सकिन्छ |
क) पशुपालन: गल्कोट क्षेत्रको कृषिमा अत्यन्तै उर्वर छ | गौदी र दरम खोलाले सिचाई गर्ने अधिकाम्स क्षेत्र मा वर्सको तीनपटक कृशीजन्य वस्तु उत्पादन हुन्छ | गल्कोट क्षेत्रको लेक संग वन क्षेत्र जोडिएको हुदा पशुपालनको अत्यधिक सम्भावना छ | गाइ, भैसी, बाख्रापालन लाई प्राथामीक दिएर व्यवसाय गर्ने हो भने हरेक किसानको कृषि उत्पादन बढ्नुको साथै दुध र मासुबाट राम्रो अम्धानी गर्न सक्छन | बाख्रापालन बाट पनि कृषकले उचित आम्दानी गर्न सक्छन |
ख) स्लेट खानी: सयौ वर्स देखि बाग्लुंगमा प्रसिध गल्कोट को स्लेट (ढुंगा ) खानी अहीले पनि व्यस्थित हुन सकेको छैन | घरगोठ छाउन प्रयोग हुने स्लेट आजकल सहरमा मार्बलको रुपमा प्रयोग हुन थालेको छ | पहिले पहिले स्लेट उपलव्ध गराउदै आएको गल्कोट हरिचौर र गा.वि. स. मा पर्ने स्लेट खानी अहीले पनि निरन्तर छ |
ग) फलामखानी , सिसखानी र अन्य खानी: समय समएमा हामीले सुन्ने गरिन्छ हाम्रा पुर्खाहरु गल्कोट छेत्रका विभिन्न ठाउहरुमा विभिन्न खानीहरु खनेर धातुहरु उत्पादन गरेका थिए | त्यसैले कुनै सिसखानी त कुनै पाण्डबखानीको नामबाट चिनिने भए| यसकारण बिगतमा खनिएका यस्ता खानीहरूको खोज गरि खनिज वस्तुको खानी विकाश गर्नु हामी सबै गल्कोटेबसीहरुको खुसि को कुरा हो | आफु संगै भएको स्रोत खोजि नगरी हामी अरुको स्रोत अत्यन्तै महँगोमा खरिद गरिरहेको अवस्थामा छ | यसका लागि गल्कोट बसीकै पहल आवस्यक छ |
घ) जडिबुटी: गल्कोट क्षेत्रको सबै गा.वि.स. हरुको माथिल्लो भाग(लेक) वनसंग जोडिएको छ | हरेक वनमा कुनै न कुनै जडिबुटी उपलब्ध छ | गल्कोटको घुम्टे पहाड चद्नाको लागि मात्र नभई विभिन्न किसिमका जडिबुटी संकलनका लागि पनि महत्वपुर्ण मानिदै आएको छ | यसलाई आधूनिक प्राविधिको सहायताले प्रसोधन गर्न सक्ने हो भने आयुवेदिक औसधि निर्माणका साथै गल्कोटको राम्रो आम्दानी को स्रोत बन्न सक्दछ| अहीले केही गैरसरकारी सस्था यस किसिमको जडिबुटी व्यवस्थापनमा लागेका छन् |
न) फलफुल खेति: मौसमको हिसाबमा सबै किसिमको हावापानी पाईने भएकाले गल्कोट क्षेत्रमा भिन्न भिन्न लेक तर्फ स्याउ फल्न सक्दछ भने बीचमा सुन्तला, नासपाती, आरु, पलम, कागती, भोगटे जस्ता उत्पादन भएको छ | बेसी तर्फ नासपाती, अम्बा, रुख कटर, भुई कटर , सुन्तला, आप , लीची उत्पादन हुने गरेको छ | पानी प्रसस्त भएको क्षेत्र भएकाले फलफुल व्यवसाय फ्स्ताउना सक्दछ |
च) जलविधुत: गल्कोट क्षेत्रका अधिकाम्स गा.वि.स. को गाउमा साना ठुला खोलाहरु छन् |
तिनै खोलाबाट मेक्रोह्य्द्रो विकाश गरिएको छ | कतिपय गाउहरुमा पानी मिलबाट विधुत निकालीएको छ | दरम र गौदी खोलाबाट विधुत निकाल्ने हो भने केंद्रिये लायीमा योगदान गर्न सकिन्छ| गल्कोट को सबै क्षेत्रको पानीको उपयोग योजना बनाउने हो भने यसबाट गल्कोट क्षेत्रलाई ठुलो आम्दानी हुन्छ | वास्तवमा दरम खोलको उपयोग लगाएत यसको सिर देखि पुचार सम्म कही कतै खेर नगई उपयोग भए यो खोला देसको नमुना हुन सक्छ |
छ) पर्यटन व्यवसाय: गाजाको धुरी हुदै गल्कोट जाने र गल्कोटको घुम्टे
लगाएत पहाडी क्षेत्रहरु पर्यटकिय हिसाबले महत्पूर्ण छन् | यिनीहरुलाई ट्रेकिंग रूटको व्यवस्थापन गरि प्रयटन व्यवसाय संचालन गर्न सकिन्छ| बाग्लुंग, बुर्तिबंग,ढोरपाटन लाई म्याग्दी, रुकुम, रोल्पाको गन्तव्य लाई केन्द्रित गरि प्रायटकिय
लगाएत पहाडी क्षेत्रहरु पर्यटकिय हिसाबले महत्पूर्ण छन् | यिनीहरुलाई ट्रेकिंग रूटको व्यवस्थापन गरि प्रयटन व्यवसाय संचालन गर्न सकिन्छ| बाग्लुंग, बुर्तिबंग,ढोरपाटन लाई म्याग्दी, रुकुम, रोल्पाको गन्तव्य लाई केन्द्रित गरि प्रायटकिय
केन्द्र समेत बनाउन सकिन्छ |
यसैगरी बाग्लुंग जिल्लाको पश्चिममा पर्ने गल्कोट भित्रका केही विषय वस्तुलाई चित्रण गर्नुभन्दा पूर्व गल्कोट लाई चिनाउनु सान्दर्भिक देखिन्छ | ऐतिहासिक सन्दर्भमा गल्कोट भन्नाले पूर्वमा बिहुको काढेखोला पश्चिममा पण्डखानी को कव्रखोला , उत्तरमा म्याग्दी सम्मको देउराली र दचिद्मा गुल्मी मुसिकोटको निबुवा खोला बुजीन्थियो| भने अहीले गल्कोट भन्दा हरिचौर, हिल, तारा, अर्गल, अमरभूमि, नरेथाटि, दुदिलाभाटी, हटिया , मल्म , काँडेबाश, रिघा, पाण्डबखानी, सिसखानी, दगन्तु डाडा , सुखौरा, सल्यंग, गा . वि. स . लाई बुजिन्छ|
No comments:
Post a Comment