म बसबाट ओर्लेपछी थाहा भयो कि मेरो पकेट
काटिएको
रहेछ । पकेटमा मैले आमालाई
लेखेको
चिट्ठी र ५०० रुपैया थियो ।
चिट्ठीमा
मैले लेखेको थिएँ-
'आमा मेरो नोकरी छुट्यो अब
केहि दिन
तपाईंलाई
पैसा पठाउन सक्दिनँ । यही ५०० ले
काम
चलाउदै गर्नु होला । नपुगेमा सापटी गरेर
चलाउनु
होला ।' आमालाई अर्को चिट्ठी पठाउन
सकेको
थिइनँ । मेरो ५०० रुपैया गई
सकेको
थियो । हुन त ५०० रुपैया ठुलो कुरो त
होइन तर जगिर छुटेको मान्छेलाई त्यो ५००
पनि ५००० भन्दा कम हुँदैन । केहि दिन
पछी मैले आमाको चिट्ठी पाएँ । चिट्ठी खोल्नु
भन्दा पहिला मैले सोचेँ- पक्कै
पनि पैसा पठाउन
भनेर लेख्नु भयो होला।
तर चिट्ठी पढ्दा म दङ्ग
परेँ । चिट्ठीमा लेखेको थियो- 'छोरा तैले
पठाएको १००० रुपैयाँ मेरो हात पर्यो । तैले
मेरो कती धेरै ख्याल राख्छस है।'
मेरो मनमा खुल्दुली हुन थाल्यो । आखिर कस्ले
पठायो होला आमालाई पैसा? केहि दिन
पछी मलाई अर्को चिट्ठी हात
पर्यो जसमा लेखेको थियो- 'तिम्रो ५०० र
मेरो ५०० रुपैयाँ गरेर १०००
रुपैया तिम्रो आमालाई पठाएको छु ।
चिन्ता नगर । आमा त सबैको एउटै हुन्छिन
नि होईन र? आमा भोकै बसेको कस्ले हेर्न सक्छ र!
उही तिम्रो, पकेटमार...