Saturday, February 14, 2015

सम्झना मा शिबज्योती

“समाज परिबर्तन दिगो बिकाश र सँसकृति सँरक्षणमा शिबज्योति”
 Milan Lohani

अनबरत समयको गति सँगै मानब जिबनका हरेक कुराहरु पनि गतिमान भइराखेका छन् , कुनै समय थियो जतिबेला सहि गलत केहि थाहा थियन केबल थाहा थियो त खेल्नको हास्नको रमाउन को समझनाको धमिलो सृमितिमा आज पनि याद आउछ, झोलाभरी कापिकिताबको भारी बोकेर स्कुल गइन्थ्यो १५ - २० मिनेटको  बाटोलाई १ घन्टा लगाइन्थ्यो । खेल्दै हास्दै रमाउदै सायद त्यसैको नाम थियो होला बचपना ,,, अब कहा आउस र त्यस्तो दिन । त्यहि १ घण्टाको बाटोमा एउटा मन्दिर पनि पर्दथ्यो । त्यहि मन्दिर अगाडि एउटा धारो थियो, जहा हामि स्कुल जादा आउदा चिसो पानि खाने गथ्ययौ, चिसो पानिले कलकल खादा तिर्खा मेटिएपछि, चिसो पेटलाइ पोखरिको डिलमा थच्क्क राखि हामि हाँसहरु पौडि खेलेको हेर्थेयौ, ‘    यी र यस्तै क्रियाकलापहरु हाम्रा दैनीकी जस्तै थिए, पानि खानु, पानिले छयाप छयाप गर्ने, पोखरिको ढिलमा बसेर हास पौडि खेलेको हेर्ने, अनि हासलाइ लखेट्ने र मान्छेले गालि गर्न थालेपछि बल्ल घरतर्फ लाग्ने मानौ यी हामा् नित्यकर्म नै थिए जुन हामि नबिराइ गर्नुपर्दथ्यो, तर एकदिन स्कुलबाट फर्कदै गर्दा त्यो मन्दिर अगाडिको त्यो पोखरि भत्काइदै थीयो (अहिले शिबज्योतिको गा्रउन्ड भएको ठाँउ) , एक हिसाबले त मन खिन्न भो अब कहाँ देख्न पाइन्छ र त्यो पोखरि र कहाँ लिन पाइन्छ र मज्जाँ जुन पोखरिको डिलमा बसेर हाँस पौडिखेल्दाको बखत लिन पाइन्थ्यो , त्यसपछि ढूङ्गा कुद्दै बान्नो लगाउदै गर्नुृभएका अङकल लाइ सोधे  अङकल अङकल यो किन भत्काएको हो ???  ऊहाले भन्नुभयो अब एहा गराउन्ड बनाउने रे के गर्ने गराउन्ड मेरो अनबिज्ञताको मसीनो त्यो प्रश्नको प्रतिउत्तरमा उहा भन्नुभयो कार्यक्रम गर्ने, बल खेल्ने, के हामि पनि खेल्न पाइन्छ बल , त्यतिकैमा आढैको मेरो साथिले भन्यो खेल्छस नि त टालाको बल यहाँ त ठुला ठुला मान्छेहरु मात्र खेल्ने हो रे ठुलो पम हाल्ने बल , त्यैले त उचाल्न नि सक्दैन्स होला उसले खिस्सि गर्दै भन्यो र मैलै पनि भने त्यैले त खुब सक्नी (बचपन त हो ) त्यसपछि मैले अझै पनि प्रश्न गर्न लागेको भन्ने चाल पाएपछि उहाँले भन्नुभो ऊ उहा गयरे सोध भन्दै ४-५ जना मान्छे उभिएर कुरा गरेको ठाँउतिर चोर औलाले देखाउदै भन्नुभयो  त्यसपछि म कुरा बुझ्न त्यतै लागे ।

त्यहा क्या रेशम बहादुर थापाको साथसाथमा त्यस क्षेत्रका त्यस समयका जल्दाबल्दा युवाहरु उपेन्द बम मल्ल, लोकेश थापा, मन बहादुर खत्रि, कृष्न बम मल्ल, लगायत रहनुभएको रहेछ, उहाहरुलगायत अन्यहरुको भेलाले  यउटा क्लब खोल्ने र समाजमा राम्रो क्लबको स्थापना सँगसगै कला, सँसकृति र खेलकुदको सँरक्षण साथै समाजको दिगो बिकाश मा पनि टेबा पुराउने उध्स्य रहेछ ।  तदअनूरुप कार्यक्रमहरुअगि बढ्रन थाल्यो र हेर्दा हेर्दै समयको गतिसगँै त्यो मन्दिर अगाडिको त्यो पोखरि सहीतको त्यो केही भिरालो जँग्गा सम्मो गाराउन्डमा परिबर्तन भयो ।
साच्चिकै हरिचौरको तल्लो बजार देखिका युवाहरुको जमात एकजुट भयो , कल्बको नाम जुराइयो, “शिब ज्योति युवा कल्ब हरिचौर”  र अध्यक्षको पदमा रहेर क्लबको नेत्वत्व गनुभयो उपेन्द बम मल्लले , त्यसपछि शिबज्योतिले बिभिन्न सामाजिक कार्यहरु गर्न थाल्यो र सर्बप्रथम लोपउन्मुख जात्राहरुलाइ निरन्तरता दिनको लागि  श्रि कृंष्न जन्माष्टमिको पाबन अबसर पारेर जात्राहरु देखाउन लागीएछ, जसअनर्तगत लाखे नाच, घोडे जात्रा, बाघ जात्रा, रोपाइ जात्रा, नागनगिनी जात्रा आदि पर्दथ्यो, जसको आप्नै छुट्टै महत्व छ । त्यसपछि शिबज्योति ले आपःनो कार्यक्रमलाइ अगाडि बढाउने क्रममा तीहारमा देउसि भैलो कार्यक्रम राखियो जसको नेत्तव गनुभयको थियो मन ब खत्रि ले र उठेको केहि रकमले पनी कल्ब लाइ अगाडि बढ.न र अन्य कार्यक्रम गर्न पनि सजिलो भयो ? र उत्त कार्यक्रम हरुलाइ पनि क्लबले निरन्तरता दिदै गयो ।
त्यसपछि कल्ब अगाडि बढ्दै गयो बिभिन्न कार्यक्रमहरुलाई निरन्तरता दिदै जाने क्रममा भलिबल खेलमा शिबज्योति क्ल्ब अब्बल देखिन थाल्यो । शिबज्योति का जवान खेलाडिहरुले साच्चैनै एउटा इतिहास नै बनाए , कल्ब बाट जुन ठाउमा खेल्न गएपनि क्लब फस्ट भएर आउथ्यो, बास्तबमै शिबज्योतिले गलकोटको भलिबल खेलमा आप्नो इतिहास बनाएको थियो  , पा्रय सबैजसो ठाँउमा शिबज्योति क्ल्बनै फस्ट हुन्थ्यो जतिबेला शिबज्योतिका युवा खेलाडिहरु राध खत्रि, भबिन थापा, सन्दिप थापा, धिराज थापा, कृष्न बम मल्ल, राजेश मल्ल, कृष्न भण्डारि लगाएत रहनुभएको थियो । र क्लबबाहिरकै भयपनि समयसमयमा कल्बभन्दा बाहिरका खेलाडिहरु हेमन्त बुढाथोकि, महेन्द्र खड्का लगायतका नाम चलेका खेलाडिहरु पनि शिबज्योति क्ल्बबाट खेल्नुभएको थियो । क्ल्बले अहिलेसम्म गरेर लकभग २५ -३० पटक सम्म भलिबल खेलको नतिजा आप्नो कोल्टामा पारिसकेको छ ।
उपेन्द्र बम मल्लपछि क्लबको नेतृवत्व खड्क सिँह थापाले गर्नुभयो उँहाको नेतृत्बको बेलामा पनि कल्बले धेरै कामहरु गयो त्यस समयमा क्लबले बालबच्चाहरुको लागि हरिचौरको कौलेनिमा शिशुस्याहार केन्द्रको स्थापना ग¥यो , र क्लबले भलिबल खेलमा धेरै उचाई नी त्यहि समयमा पायको थियो । त्यसैगरि खड्क सिँह थापा पछि क्लबको नेतृवत्व टोप बहादुर थापा ले गनुभयो र अहिले पछिल्लो क्रममा कल्बको नेतृत्व सागर भण्डारिले गनुभयको छ । बिभिन्न आरोह अबरोह पार गर्दै कल्ब अगाडि बढ्र्यो र आज कल्बले १६ बसन्त पार गरि १७ बर्षमा पाइला चालेको छ र यस पाबन अबसरमा क्लबले आप्नो १७ औँ बार्षिक उत्सब तथा महाशिबरात्रि उत्सब २०७१ बिभिन्न कार्यक्रमका साथ मनाउन लागिरहेको छ ।


र अन्त्यमा मलाई स्काइप मार्फत कुरा गरि यो लेख लेख्न सहयोग गर्नुहुने हाल कोरियामा  हुनुहुने दाइ उपेन्द्र बम मल्ल र जापानमा हुनुहुने दाई लोकेश खत्रि प्रति हार्दिक आभार ब्यक्त्त गर्दछु र कतिपय कुराहरु समय अभाबको कारण लेख्न सकिन उत्त कुराहरुलाइ आगामि लेखहरुमा लेख्नेछु ।
  धन्यबाद ।।।। ।।।।

मिलन लोहनी
शिबज्योति युवा क्ल्ब हरिचौर गलकोट बागलुङ ।